काठमाडौं । इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच २७ नोभेम्बरमा भएको युद्धविराम सम्झौता मध्य(पूर्वका सञ्चारमाध्यमहरूमा निकै चर्चामा छ ।
इजरायल र हिजबुल्लाहबीच एक वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वमा यो सम्झौतासँगै विराम लागेको छ ।
इजरायली सञ्चारमाध्यमहरूले यो सम्झौताका कारण गाजामा भइरहेको युद्ध र उत्तरी मोर्चामा हिजबुल्लाहसँगको सम्बन्ध टुटेको उल्लेख गरेका छन्।
अक्टोबर २०२३ मा जब इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो, हिजबुल्लाहले लेबनानबाट इजरायलमाथि रकेट प्रहार सुरु गरेको थियो। हिजबुल्लाह खुलेरै हमासको समर्थनमा उभिएको थियो।
इजरायली अंग्रेजी अखबार हारेत्जका स्तम्भकार रावित हेच्टले लेखेका छन्, ‘हमास र हिजबुल्लाहबीचको सम्बन्ध तोड्नु इजरायलको जित हो। यो कदमका लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आफूलाई प्रशंसा गर्न सक्छन्।’
२६ नोभेम्बरमा यस सम्झौताको घोषणा गर्दै नेतान्याहूले भनेका थिए, ‘लेबनानमा भएको यस सम्झौता पश्चात् हमास एक्लिएको छ। हिज्बुल्लाहलाई अब यी सबै मामिलाबाट अलग गरिएको छ र यस युद्धमा हमास एक्लै छ।’
२०८१ मंसिर १३, बिहीबार १५:०५
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech