२०७८ आश्विन २३, शनिबार २०:४९

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ क ले विजया दशमी शुभ दिपावली ,छट पर्व नेपाल संवतको पावन अवसरमा शुभकामना आदान प्रदान तथा नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट नव निर्वाचित नगर, वडा टोल,क्षेत्रिय प्रतिनिधीहरुमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


वाणगंगा नगरपालिका ११ ओदारीमा रहेको सामुदायिक भवनको सभाहलमा नव निर्वाचित नगर ,वडा,पदाधिकारी पुर्व सभापतिहरु,क्षेत्रिय प्रतिनीधीहरु, जिल्ला,केन्द्र तहका नेताहरुको उपस्थीती रहेको कार्यक्रममा २ सय भन्दा वढिको सहभागिता रहेको थियो । भने नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ क ले गरेका काम कार्यहरुका वारेमा प्रदेश सभाका सचिव प्रेम नारायण पौडेलले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा वोल्दे नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधी सभा सदस्य अत्तर कमाल मुसलवानले नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ क लाई उदाहरणीय कामको लागि धन्यवाद व्यक्त गर्दै पार्टी संचालनमा भएको आर्थिक पारदर्शिता पार्टीका गतिविधीमा देखाएको सक्रियता धेरै कुराहरु अन्य वडा तह नगरपालिकाका पदाधिकारी क्षेत्रका पदाधिकारीहरुले पनि सिक्नु पर्नेमा जोड दिदै नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा गुट उप गुट नभनी सक्षम नेतृत्व चय गरि पार्टीलाई गतिशिल वनाउनका लागि उहाँले आग्रह समेत गर्नु भयो । आउदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी शुभ दिपावली,छट,पर्व नेपाल संवतको पावन अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।


विशिष्ट अतिथी नेपाली कांग्रेसका संस्थापक तथा पुर्व पार्टी सभापति जिल्ला विकास समितीका पुर्व सभापति रमेश शर्माले नेपाली कांग्रेस १४ औ महाधिवेशनलाई केन्द्रीत गरि शुभकामना आदान प्रदान कार्यक्रम को आयोजना गरेकोमा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र १ क लाई विशेष धन्यवाद व्यक्त गर्दै नेपाली कांग्रेसको यस चौधौ महाधिवेशनलाई सभ्य रुपमा सफल वनाउनका लागि क्षेत्रिय प्रतिनीधी महत्व पुर्णभुमीका रहने हुदा सफल नेतृत्व कोही कसैले गुट उप गुटको पछि नलागि सक्षम नेतृत्व चयन गरी पार्टीलाई गतिशिल र आगामी स्थानिय तहको निर्वाचन प्रतिनीधी सभाको निर्वाचनमा कांग्रेस एक आपमा एकताको सन्देश दिएमा कांग्रेस कोही कुनै पार्टी संग नजोडिए पनि दुई तिहाई वहुमतका साथ विजयी हुनु कुरामा विश्वास व्यक्त गर्नु भयो । आफु संस्थापक भएर जिल्लामा काम गर्दा कम्युनिष्ट हातका औलाले गनेर सकिने थिए भने कांग्रेसको संख्या धेरै रहेको वताउनु भएको थियो ।


कार्यक्रममा शुभकामना मन्तव्य वाणगंगा नगरपालिका वडा नम्बर ५ का वडा सभापति सालिकराम पौडेल वडा नम्बर २ का वडा सभापति हिम वहादुर कार्की शिक्षक महासंघकी जिल्ला सभापति देवकला सुवेदी,महिला संघकी जिल्ला सभापति मिना के.सी.क्षेत्र २ का पुर्व क्षेत्रिय सभापति लोकनाथ शर्मा ,नेपाली कांग्रेस वाणगंगा नगरपालिकाका पुर्व सभापति मंगल प्रसाद थारु, कपिलवस्तु नगरपालिकाका नगर सभापति खुर्सेद अहमद खाँ जिल्ला समन्य समितीको उप प्रमुख तारावती चौधरी महाधिवेशन प्रतिनीधी गुण लक्ष्मी ज्ञवाली, पुर्व पार्टी सभाति सुधाकर पाण्डे, पुर्व पार्टी सभापति राजेश आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ क का सभापति शालिकराम थारु अध्यक्षता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधी सभा सदस्य अत्तर कमाल मुसलवानको प्रमुख आतिथ्यता, नेपाली कांग्रेसका संस्थापक तथा पुर्व पार्टी सभापति जिल्ला विकास समितीका पुर्व सभापति रमेश शर्मा,नेपाली कांग्रेसका पुर्व पार्टी सभापती सुधाकर पाण्डे,राजेश आचार्य, जिल्ला कोषाध्यक्ष सोरत तेली विशिष्ट आतिथ्यता सामुदायिक नेपाली कांग्रेसका क्षेत्रिय सदस्य दुर्गा वहादुर के.सी रेडियो वाणगंगाका उपाध्यक्ष टोपनारायण भण्डारी,महाधिवेशन प्रतिनीधी दुर्गा सेन, दुनिका भुषाल, लगायतको उपस्थीती रहेको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेसका प्रदेश सभा क्षेत्र नम्बर १ क का क्षेत्रिय सचिव प्रेमनारायण पौडेलको सञ्चालन उप–सभापति कृष्ण मुरारी ज्ञवालीको स्वागत मन्तव्यमा रहेको थियो भने नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ क का कोषाध्यक्ष ज्ञान बहादुर कार्कीले १० लाख ५१ हजार ५ सय ६२ रुपैयाको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय