२०८२ भाद्र ९, सोमबार ०७:३३

सागर बेल्बासे ,कपिलवस्तु

कपिलवस्तुको लागि हिरो ब्रान्ड का मोटरसाइकलको आधिकारिक बिक्रेता श्री शिद्दार्थ ट्रेडर्स जितपुर चार नम्बर मा हिरो नारी सम्मान तथा तिज मिलन कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ।
श्री सिद्दार्थ ट्रेडर्स कि संचालक राधा पौडेल को अध्यक्षतामा भएको कार्यक्रम मा बाणगङ्गा नगरपालिका वडा नम्बर १ कि महिला जनप्रतिनिधि टोपकला बि सि ज्युको प्रमुख आतिथ्यता,कपिलवस्तु उद्योग बाणिज्य संघ कि निवर्तमान महिला उपाध्यक्ष इन्दिरा तिमिल्सिना,खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कि केन्द्रिय सदस्य नमुना पौडेल,लायन्स क्लब अफ कपिलवस्तु को दिदिबहिनी कि अध्यक्ष सरस्वती शोमै को विशिष्ट आतिथ्य रहेको थियो।
छोटो समयको तयारीमा गरिएको कार्यक्रम भएपनी नेपाल का लागि हिरो कम्पनी का मोटरसाइकल को आधिकारिक बिक्रेता चौधरी ग्रुप सि जि मोटर्सका एरिया सेल्स म्यानेजर नेत्र बहादुर कुंवर,एरिया सर्भिस म्यानेजर सुदिप गौतम तथा कपिलवस्तु उद्योग व्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ज्युको समेत विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम मा हिरो का ग्राहक विशेषत हरितालिका तिज विशेष कार्यक्रम रहेकाले हिरोका स्कुटर पारखी ग्राहक प्रतिमा बेल्बासे,अमृता अधिकारी ,तुल्सा भट्टराई ,साबित्रा खनाल,कस्मिक भट्टराई ,सीता पौडेल,रन्जना न्यौपाने ,कस्मिता पाण्डे,मन्जु पाण्डे लगायतका छोटो समयमा उपस्थित हुन सक्नुभएका ग्राहक संगै जितपुर शाखामा कार्यरत महिला कर्मचारी महिमा भट्टराई ,कल्पना गिरि,कृष्णा पुरी समेत उपस्थित महिला ग्राहक तथा महिला कर्मचारी सबैलाई हिरो को कफी कप उपहार सहित विशेष सम्मान प्रकट गरिएको श्री सिद्दार्थ ट्रेडर्स का ब्यबस्थापक बाबुराम पौडेलले जानकारी गराउनुभएको छ।आजको कार्यक्रम मा संस्थाका संचालक नारायण प्रसाद पौडेलले आगन्तुक सबैलाई स्वागत तथा सबै नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको शुभकामना प्रदान गर्नुभएथियो।कार्यक्रम मा इन्दिरा तिमिल्सिना ,टोपकला बि सि लगायतले हरितालिका तिज पर्बको धार्मिक,परम्परागत र शास्त्रीय मान्यता को संक्षिप्त जानकारी सहित हिरो मोटरसाइकल सोरुम परिवारलाई महिला लक्षित सम्मान तथा तिज मिलन कार्यक्रम को आयोजना गरि सहभागिता जनाउने अवसर दिनुभएकोमा विशेष धन्यवाद सहित अझ धेरै व्यावसायिक सफलता को शुभकामना समेत दिनुभएको थियो।कार्यक्रम संचालक बुद्दी सागर बेल्बासेले कार्यक्रम को सुरुवाती संगै बिच बीचमा समेत मौलिक तिज लोक भाकामा तिज गितको प्रस्तुति राख्दा कार्यक्रम मा थप रौनकता छाएको सहभागीले बताउनुभएको छ।संस्थामा आवद्ध सुबेच्छुक तथा कर्मचारीहरु क्रमश ब्यबस्थापक बाबुराम पौडेल ,सर्भिस म्यानेजर बिस्णु अधिकारी ,सेल्स म्यानेजर शिवलाल पौडेल ,पार्ट्स इन्चार्ज खगेस्वर आचार्य,लेखापाल निर्माण पौडेल ,हेड मेकानिक्स महेन्द्र कुर्मी,मेकानिक्स गणेश रैदास,अजय केवट लागयतको सहभागिता मा कार्यक्रम सप्पन्न भएको छ।कार्यक्रम अध्यक्ष राधा पौडेलले छोटो समयमा गरेको निमन्त्रणा लाई स्विकार्दै उपस्थिति जनाइदिनुभएका सबैमा हार्दिक धन्यवाद भन्दै सबैलाइ तिजका खाजा ग्रहण सहित सांगीतिक मनोरञ्जन मा सहभागी भैदिन आग्रह गरि कार्यक्रम को समापन गर्नुभएको थियो।आयोजित कार्यक्रम मा उपस्थित सबैलाई भोजन सहित मौलिक लोक भाकामा तिज गित प्रस्तुत गरि भरपुर मनोरञ्जन प्रदान गरिएको कार्यक्रम संचालक नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठानका अध्यक्ष बुद्दिसागर बेल्बासेले जानकारी गराउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय