२०७८ कार्तिक २३, मंगलवार १६:१७

२३ कात्तिक,
बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो ।
२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।

सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय