२०७८ मंसिर २३, बिहीबार १२:१७

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचिकोट निवासी ३० वर्षिय बिष्णु थापा हाल भारतमा अध्ययनरत छन् । सिए फाईनलको तयारिमा रहेका थापाले उत्कृष्ठ नम्वर सहित एमविएस पुरा गरिसकेका छन् ।

जसले अर्घाखाँचीबाट चुनढुंगा उत्खनन् गरिरहेको भुगर्भ सिमेन्टको मुटु हल्लाएका छन् । वातावरण संरक्षणको लागि गठन भएको स्थानिय वातावरण व्यवस्थापन तथा संरक्षण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका थापा अहिले खाँचिकोटबाट चुनढुंगा उत्खनन् गरिरहेको भुगर्भ सिमेन्टको लागि गलपासो बनेका हुन् ।

कपिलवस्तुमा रहेको भुगर्भ सिमेन्टले पर्यटकिय स्थल सुपादेउराली तथा नरपानी आसपासबाट चुनढुंगा उत्खनन् गरिरहेको छ । चुनढुंगा उत्खनन् गर्दा त्यहाँ वरिपरी वातावरणीय असर गर्ने, कुरुप देखिने, पर्यटकिय स्थलहरुमा नकारात्मक असर गर्ने भन्दै सर्वोच्चमा थापाले असोज १९ गते हालेको रिटमा सर्वोच्चलेकारण देखाउ आदेश जारी गरेको हो ।

अदालतको आन्तरिक विवादका कारण केहि समय रोकिएको सुनवाई अदालत सुचारु भएसंगै डा। कुमार चुडालको ईजलासमा सुनवाई भएको थियो । मंसिर २० भएको सुनुवाईले बिपक्षिका नाममा कारण देखाउ आदेश जारी गरेपछि अर्घाखाँचीमा चुनढुंगा उत्खननको विषय फेरि चर्चामा पुगेको छ ।

विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको रिटको अर्को सुनवाई आगामी पुस २२ गते हुनेछ ।

मापदण्ड विपरित ट्रिपरहरुले ओभरलोड बोक्दा सन्धिखर्क(गोरुसिङ्गे सडक समेत क्षतविक्षेत बनेको छ । १० टन सडक क्षमता भएपनी मापदण्ड विपरित खानीका ट्रिपरहरुले १८ देखी २२ टनसम्म बोक्ने गरेका छन् । साँघुरो सडकमा ट्रिपरहरुले ओभरलोड बोक्दा दुर्घटनाको जोखिम बढेको मात्र छैन अन्य सवारीहरुलाइ यात्रा गर्न सकेत अप्ठ्यारो हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय