२०७८ पुष १२, सोमबार ०९:३४

एघारौँ संस्करण सफलताका साथ सकाएर यस पटक १२औँ संस्करणको रुपमा आयोजना गर्न लागिएको कपिलवस्तु महोत्वसलाई अघिल्ला वर्ष भन्दा फरक र नयाँ पन दिने गरी योजना निर्माणमा तिव्रता दिइएको छ ।
कपिलवस्तुको बुद्ध रंगशालामा आयोजना हुने महोत्वसलाई यस पटक कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गर्ने घोषणा गरिसकेको छ । माघ १२ देखि २२ गते सम्म संचालन तयारी सहित अहिले वाणिज्य संघको टोलीले उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायहरुसँगको छलफल र त्यसको तयारीमा जोड दिइरहेको छ ।
१२ औँ कपिलवस्तु महोत्सव सफल पार्न महोत्सवलाई एतिहासिक र नयापन दिलाउँन यसपालीको महोत्वमा गरीने कृयाकलापका बारेमा महोत्सवमा निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले व्यापार, मनोरञ्जन र अतिथी सत्कारमा मात्रै यसपटकको महोत्वस केन्द्रित नहुने बताउँदै आएका छन् । कपिलवस्तुको भलवाडमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मगरले यस पटक फरक पन दिने र केही नयाँ अभ्यास कपिलवस्तु महोत्सवमा गर्न खोजिएको पनि उनले बताएका छन् । बाणगंगा स्थित जितपुर बजारले कपिलवस्तुमा भित्रनै बाह्यि नागरिकहरुलाई पनि स्वागत गर्ने गरी महोत्सवको तयारी गरिएको उनले बताए ।
उनका अनुसार यसपटक कपिलवस्तु महोत्सव स्थल भित्र ठाउँठाउँमा आकर्षक विभिन्न आकृतिका सेल्फी जोन बनाइने छ भने मुख्य प्रवेशद्धार देखि मुख्य मञ्च सम्म दर्शकहरुलाई आनन्दीत तुल्याउने गरी स्टल व्यवस्थापन र त्यसभित्र रमाउन सक्ने वातावरण निर्माण गर्न खोजिएको छ ।
रेश्मीले महोत्सव सफल पार्न बिभिन्न जनजातीको परम्परागत भेषभुषा तथा सस्कृति झल्काउने कृयाकलाप, उत्कृष्ट सेल्फी जोन, दशौँ कपिलवस्तु डान्स आइडल, नेपालकै सबैभन्दा ठुलो स्टेज, बिभिन्न धार्मिक कृयाकलाप गरीने बताए ।
त्यस्तै महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले महोत्सवलाई सफल पार्न सबै उद्योगी, व्यवसायी, तथा नगरबासीहरुमा आग्रह गरेका छन । महोत्सव यहीँ माघ १२ गतेबाट २३ गतेसम्म बाणगंगाको बुद्ध रगंशालामा आयोजना हुदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय