२०७८ माघ २, आईतवार १३:१४

वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुन श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै लिन मिल्ने भएको छ ।

काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएको हो ।

२०७७ साल पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेको हो ।

श्रम स्वीकृतिलाई, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

योसँगै अब पुन श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस मार्फत अनलाइनबाट मात्रै हुने वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय