२०७८ माघ १०, सोमबार १३:४९

दाङ : लुम्बिनी प्रदेशमा विकास बजेट खर्च प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको आधा वर्ष वितिसक्दा पूँजीगत तर्फको १२.६८ प्रतिशत बजेटमात्र खर्च भएको हो । प्रदेश लेखा नियन्त्रकको र्कलयका अनुसार लुम्विनी प्रदेशमा चालू आर्थिक वर्ष ०७८–०७९ मा पुँजीगत बजेट तर्फको २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार मध्ये पुस समान्तसम्म २ अर्ब ८४ करोड ९३ लाख ३ हजारमात्र खर्च भएको छ । जबकी गत आर्थिक वर्ष ०७७–०८८ मा सोही समयमा पुजीगत तर्फको १८ प्रतिशत बजेट खर्च भएको थियो ।

त्यस्तै प्रदेशमा चालू तर्फको १८.८३ प्रतिशत बजेट खर्च भएको छ । चालू तर्फको कुल १८ अर्ब ४८ करोड १ लाख ६ हजार मध्ये ३ अर्ब ४ करोड १७ लाख ९४ हजार खर्च भएको छ । प्रदेशमा चालू आर्थिक वर्षका लागि छुट्टाइएको कुल बजेटको १५.४६ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा चालू तथा पुँजीगत गरी ४० अर्ब ९५ करोड ९७ लाख बजेट छुट्याएको थियो । त्यसमध्ये ६ अर्ब ३३ करोड ११ लाख ३३ हजारमात्रमा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । आर्थिक वर्षको ६ महिना वित्दा पनि पुँजीगत खर्च नबढ्नुले प्रदेश सरकारको विकास निर्माण कार्य सुस्त भएको देखाउँछ । विगतका वर्षझै यसवर्ष पनि प्रदेशमा विकासका कार्यले गति लिन नसक्दा वर्षको अन्त्यमा बजेट सक्ने हतारो हुने संकेत देखिएको छ ।

त्यस्तै प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार प्रदेश सभाको चालू तथा पुँजीगत गरेर २४.४८ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालू तर्फको ३२.५९ प्रतिशत र पुँजीगत तर्फ १३ प्रतिशत खर्च भएको छ । त्यस्तै प्रदेश लोकसेवा आयोगको चालू तथा पुँजीगत गरेर ५४.२७ प्रतिशत खर्च भएको छ ।

जसमा चालू तर्फ ५४.१५ प्रतिशत र पुँजीगत तर्फ ५९.३० प्रतिशत खर्च भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयको चालू तथा पुँजीगत गरेर ३६.८९ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालू तर्फ ३७.८६ प्रतिशत बजेट खर्च भएको छ भने पुजीगत रकम खर्च हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय