२०७८ माघ १२, बुधबार १८:२७

विश्वकै प्रमुख इलेक्ट्रोनिक ब्रान्ड एलजीले नेपाल अधिराज्यभर रोड शो कार्यक्रम गरिरहेको छ । ब्रान्ड रोड शो कार्यक्रममा एलजीका अभिनवढ उत्पादनहरु प्रर्दशनका साथै कपडा धुने मेसिन (वासिङ मेसिन) को पनि प्रर्दशन  गरिएको छ । यसैविच आज (बुधवार) कपिलवस्तु को बैरियामा रोड सो कार्यक्रम गरिएको छ । बैरियामा रहेको एलजि कमपनिको आधिकारीक डिलर एल आर सप्लार्यसको प्रङ्गणमा कार्यक्रम गरिएको हो । रोड शो को मुख्य आकर्षण कपडा धुने मेसिन (वासिङ मेसिन) डेमो रहेको छ । जसमा एलजीको ९÷६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषताको पनि जानकारी कम्पनिले गराएको छ । एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको बताईएको छ । रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको सेल्स इन्चार्ज सुवास पङ्गेनिले जानकारी दिनुभयो । कार्यक्रममा कम्पनिका प्रतिनिधि सुरेश आचार्य ले भन्नुभयो “ ग्राहक हरूको माझ मा गएर एलजिका सामग्री हरू को बिशेषता बताउदै, सामाग्री हरूको प्रयोग बारे जानकारी गराएका छौ” । यसले ग्राहकहरु निकै खुसी र उत्साहित भएको उहाँले बताउनुभयो । रोड शो कार्यक्रममा यश क्षेत्रका सेल्स इन्चार्ज सुवास पङ्गेनि सहित बजार प्रतिनिधिहरु कुमार घिमिरे, सुरेश आचार्य, स्याम नेपाल , खेमराज दुवाडि टिमले देश भर रोड शो कार्यक्रम गरिरहेको छ । कम्पनिको रोड शोमा वासिङ मेसिन, टिभी, एसी, माईक्रोवेभ ओभन, भ्याकुम क्ल्निर जस्ता एलजीका उत्पादनहरु प्रदर्शन गरिएको हो । बनेपादेखि शुरु भएको रोड शो कार्यक्रम गोरखा, वेशीसहर, पोखरा लगाएतका सुदुर पश्चिम महेन्द्रनगर, धनगढी, नेपालगञ्ज कोहलपुर, सुर्खेत, तुल्सिपुर, घोराही जस्ता मुख्य सहरमा प्रर्दशन गरिसकेको कम्पनिले जनाएको छ । कम्पनिले कपिलवस्तु पछिको गन्तव्य रूपन्देही का विभिन्न सहर हुदै नवलपरासी को कावासोती सम्म पुग्ने जानाएको छ । उक्त शो अन्तर्गत ग्राहकले एलजीका कुनै पनि सामान खरिद गर्दा वा बुकिङ गरेमा आकर्षक अतिरिक्त छुट पनि पाउने छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय