अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ ।
चार वर्षमा पहिलो पटक यस्तो आँधी आएको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ । विभागले सकेसम्म यात्रा नगर्न र यात्रै गर्नै परे चिसोबाट जोगिने सामग्री गाडीमा बोक्न आग्रह गरेको छ । हिमआँधीमा पसे गाडीभित्रै सुरक्षित रहनका लागि विभागले यस्तो आग्रह गरेको हो । यस्तै, भारी हिमपात र हावाहुरी चलेपछि पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको बीबीसीले जनाएको छ । न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, भर्जिनिया र रोड आइल्यान्डमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । त्यहाँका सरकारले सतर्कता अपनाउन चेतावनी जारी गरेका छन् ।अमेरिकाका सात करोड ५० लाख मानिस हिमआँधीको चपेटामा पर्न सक्ने पनि खबरमा उल्लेख गरिएको छ । भारी हिमपात र हुरीका कारण पाँच हजारभन्दा धेरै हवाई उडान रद्द गरिएका छन् ।
२०७८ माघ १६, आईतवार १५:१६
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech