२०७८ माघ २५, मंगलवार २०:३३

यसका लागि मंगलबार नेपाल कल्चरसेन्टर कोरियाका पदाधिकारी र बाणगंगा नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारीहरु बिचमा अन्तरिक्रया गरिएको छ । कृषि प्रणाली विकासमा टेवा पुराउन , स्थानिय कृषकलाई नयाँ कृषि प्रबिधिका बिषयमा जानकारी गराउन , कोरियाको सीप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय कृषकलाई त्यहाँ पठाइने नगरप्रमुख मंगल प्रसाद थारुले बताउनुभएको छ ।                              नेपाल कल्चरसेन्टर कोरियाका पदाधिकारीलाई नगरपालिकामा स्वागत गर्दै नगरप्रमुख थारुले नगरको कृषि र कृषकको बर्तमान अवस्था र यहा रहेका पर्यटकीय संगै धार्मिक क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो । उहाले नगरपालिकालाई छनौट गरेकोमा धन्यवाद दिदै कोरिया संग नगरपालिकाले सम्बन्ध राख्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपाल कल्चरसेन्टर कोरियाका डाईरेक्टर हन क्यूहोले कृषि संगै संस्कृति संरक्षण गर्ने मूख्य उद्देश्य रहेको बताउदै कोरियाको सिपलाई स्वादेशमा ल्याउने रहेको बताउनुभयो । यसरी स्थानिय कृषकलाई कोरिया पठाएर कृषि क्षेत्रमा फड्को मार्नुका साथै कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिने यस कार्यक्रमबाट नगरपाकिलाले बिश्वास लिएको छ । केही समयका लागि कृषक विदेश गएर त्यहाँको सीप र प्रविधिसित जानकार भएर आउने नगरउपप्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ ।                                         यस्तै कार्यक्रमको सहजिकरण गर्दैै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले दिगो आर्थिक विकास गर्नुका साथै बेरोजगारी समस्या केही हद सम्म हट्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाल कल्चरसेन्टरका म्यानेजर चचुङगो , मणि गौतमको उपस्थिती रहेको थियो । ३० देखि ५५ वर्ष उमेर समूहका महिला पुरुष दुबैलाई छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ योजना रहेको छ । उक्त सम्झौताअनुसार करार अवधि पाँच महिनाको हुने र न्यूनतम् मासिक तलब २ लाख सम्म रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय