२०७८ माघ २८, शुक्रबार १३:१७

दाङ, । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनाको शोकमा आज तुलसीपुर बजार बन्द भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आज एकदिन बजार बन्द गर्ने निर्णय गरेको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले उचित राहतका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारसँग माग गरेको चेम्बरका सचिव ऋषिराज भण्डारीले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आज राति करिब दुई बजेदेखि आगलागी हुँदा पाँच जनाको ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय