२०७८ फाल्गुन २, सोमबार १६:४५

कपिलवस्तु
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपराधका घट्नालाई निरुत्साहित गर्दै शान्ति सुरक्षा मजवुद पार्दै लगेको छ । प्रहरीको फरक योजना सहितको सक्रियताले जिल्लामा पछिल्लो समयमा अपराधिक घटनाहरुमा कमी हुँदै आएको छ । प्रहरीले मासिक रुपमा गरेका गतिबिधिहरुलाई पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्दै आएको छ ।
आर्थिक वर्षमा भन्सार राजस्व तर्फ ६ करोड ६५ लाख ९२ हजार २ सय १३ रुपैंया र नदिजन्य पदार्थको राजस्व रु. १२ लाख ७७ हजार गरि ६ करोड ७८ लाख ६९ हजार २ सय १३ रुपैंया राजस्व संकलन गरेको छ । माघ महिनामा भन्सार तर्फ ४२ लाख ९६ हजार ४ सय १० रुपैंया राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

किराना सामान, मटर केराउ, सवारी साधन, लत्ता कपडा, ईलेक्ट्रोनिक सामान, चल्ला, कुखुरा, माछा लगायतका अबैध सामाग्री तथा पशुजन्य मार्फत राजस्व असुली भएको जिकारल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनु भयो । यसैगरी नदी जन्य पदार्थमा रु ५ लाख ४२ हजार राजस्व असुलि भएको बताइएकोछ ।
यसैगरी चालु आर्थिक बर्षमा जम्मा फरार प्रतिवादी पक्राउ संख्याः ५ सय ८२, मृत्यु भई मुचुल्का सहित पेश गरेको ५३ जना गरि जम्मा ६ सय ३५ जनाको लगत कट्टा गरिएको छ । २ सय ६ वर्ष ४ महिना ६ दिन कैद असुलउपरमा रु. ३२ लाख ४७ हजार १ सय १७ रुपैयाँ जरिवाना असुली भएको बताइएकोछ ।

माघ महिनामा झुण्डीएर आत्म हत्याका ८ वटा मुद्दा दर्ता भएका छन् । जसमा ६ जना तराई समुदायका र २ जना पहाड समुदायका छन् । बिस सेवन गरी २ जनाले आत्म हत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यस्तै लागु औषध ब्राउन सुगर ६.९३० ग्राम सहित जना १० जना र नाईट्राभेट १ सय ट्याब्लेट स्पास्मो ५३६ क्याप सहित ३ जना गरी १३ जनालाई पक्राउ गरि अनुसन्धान भैरहेको बताइएको छ ।

देशैभर ठगीगर्दै आएका ४१ बर्षीय ईश्वरी प्रसाद पोख्रेललाई कपिलवस्तु प्रहरीले शिवराज नगरपालिका चन्द्रौटा स्थित चेकपोष्ट अगाडी चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०१–०२६च ४००१ नं. को कार चेकगर्दा वडा प्रहरी कार्यालयको टोलिले पक्राउ गर्न सफल भएको छ । पोख्रेलले करोडौ ठगी गरेको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी नायव निरिक्षक धर्मराज भण्डारीले दिनु भयो।
यस्तै माघ महिनामा घरेलु हिंसाको र कारवाहीको अवस्थालाई हेर्ने हो भने जिल्ला भर २ सय २४ उजुरी परेकोमा १ सय ४७ मिलापत्र भए भने ७७ उजरी मिलापत्र हुन बाँकी रहेको छ । जातीयताको आधारमा हेर्ने हो भने सबै भन्दा मधेशी, दलित, मुश्लिम र जनजातीका उजुरीहरु बढी आउने गरेका छन् । पालिकाको स्तरमा हेर्दा घरेलु हिंसाका उजुरीहरु सबै भन्दा बढी बाणगंगा नगरपालिकामा र सबै भन्दा कम महाराजगंज नगरपालिकामा उजुरी दर्ता भएको तथ्यांकमा छ । धेरै जसो घरायसी झैझगडाका उजुरीहरु दर्ता भएको प्रहरीले प्रेस पाटीलाई जानकारी दिएको छ ।

प्रहरीले यस महिनामा ३ हजार ८ सय २५ गस्ति गर्दा ७२ हजार ७ सय ६० किलोमिटरको दुरीमा गस्ति गरेको छ । फरार प्रतिवादीको खोजीलाई निरन्तरता, लामो दूरीको गस्ती, अपराध हुने स्थानहरुलाई लक्षित गरेर प्रोएक्टिभ र रिएक्टिभ प्रहरी गतिविधि बढाइने र कार्यालयको अभिलेख ब्यबस्थापनलाई जोड दिईने , बिभिन्न समुदायलाई लक्षित गरेर जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।

पुराना फर्छ्यौट हुन बाँकि पेन्डिङ मुद्दा अनुसन्धान÷कारवाहि, सिमा अपराध नियन्त्रणका लागि सिमा क्षेत्रमा एलआरपी तथा प्रहरी क्रियाकलापमा बृद्धि गराई सूचना संकलन गरिने । आउँदै गरेको स्थानिय चुनावलाई केन्द्रित गरि सुरक्षा संबेदनशिलताका संबन्धमा थप सुचना संकलन गरिने योजना रहेको बताइएको छ । कपिलवस्तुमा गुड्ने गरेका भारतिय नंबर प्लेटका मोटरसाईकलहरुको भन्सार गराउन आवश्यक कदम चालिने, सडक बिस्तारको क्रममा कपिलवस्तुको तल्लो भेगका विभिन्न स्थानमा हटाईएका सिसिटिभी क्यामेराहरु क्रमश पुनः जडान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय