यसरी अनावश्यक होहल्ला फैलाउनेमाथि कारबाही प्रक्रिया बढाउने अध्यक्ष घिमिरेले चेतावनी समेत दिनुभएको छ । संघका अध्यक्ष घिमिरेले विभिन्न किसिमका होहल्लाका पछाडि नलागी मंगलबार नै बजार बन्द गर्न आग्रह समेत गर्नुभएको छ । समितिमा मंगलबार बाहेक अन्य कुनै बारमा बजार बन्द गर्न माग आएपछि अहिले बजारमा बजार बन्द गर्ने बारको विषय चर्चामा छाएको छ ।
विभिन्न क्षेत्रगत उपसमितिसंग थप छलफल गरि आवश्यक निर्णय गरिने संघका वरिष्ठ उपाध्यक्ष छवि रेस्मी मगरले बताए । उनले व्यवसायीको हकहितको पक्षमा संघ सदैव रहेको र आगामी दिनमा पनि सबैको मागलाई समेट्ने प्रतिवद्धता जनाए ।