रुपन्देहीको सैनामैना नगरपालिकामा शिक्षाको गुणस्तर बढाउनको लागि सामुदायिक विद्यालयका शिक्षकहरूलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने नीति अनुसार ल्यापटप वितरण गरिएको छ । सोमबार एक कार्यक्रमको बीच नगर प्रमुख चित्रबहादुर कार्कीले नगरका १७ वटा सामुदायिक विद्यालयका १ सय ६० जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।
मेयर कार्कीले प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता भन्ने नारा सहित कार्यक्रम यसरी ल्यापटप वितरण गरिएको बताए । २५ प्रतिशत लागत सहभागितामा नगरपालिकाका १७ विद्यालयका १ सय ६० जना शिक्षकहरूलाई सो ल्याप्टप वितरण गरिएको हो ।