काठमाण्डौं,
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीको विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले बिहीबार एमाले अध्यक्ष ओली, ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
उजुरीपत्रमा झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी ओली र अर्यालले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
त्यस्तै कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भष्टाचार गरेको आरोप लगाइएको छ।
नेपाल भ्रमण वर्षका नाममा प्रचारप्रसारको लागि भन्दै राज्यकोषको करोडौं रकम तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप उजुरीमा छ ।
२०७८ फाल्गुन ५, बिहीबार १५:०३
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech