२०७८ फाल्गुन ६, शुक्रबार १४:४०

०६ फागुन
कपिलबस्तुको बाणगंगा नगरपालिकाका उप–प्रमुख चक्रपाणि अर्यालले बाणगंगाका जनतालाई शुद्ध खानेपानिको समुचित व्यवस्था छिटै हुने बताउनु भएको छ । उहाँले उपभोत्ता समिति र नगरको सहकार्यमा खानेपानीको शुद्धता जाँच र प्रविधिको विकासका लागि नगरपालिको क्रमस बृद्धि गर्दौ लौजाने बताउनु भएको छ । खानेपानी उपभोत्ता समितिको गुनासाको जवाफमा उहाँले यस्तो बताउनु भएको हो ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले नगरका जनतालाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने दाईत्व नगरपालिकाले बहन गर्ने बताउनु भयो । विहिवार बाणगंगा नगरपालिका भित्रका खानेपनी उपभोत्ता समितिहरु संगको छलफलमा पन्थीले यस्तो बताउनु भएको हो । पन्थीले खानेपानी उपभोत्ताका पदाधिकारी हरुले नगरपालिकालाई दिएको सुझाव नोट गर्दै भन्नु भयो “ अहिले सम्म जे भएतापनि आगामि दिनको जिम्म हामिले लिन्छौं, नगरपलिका वासिलाई खानेपानि तथा सरसफाई उपभोत्ता समितिको समन्वयगरि शुद्ध खानेपानी खुवाउन्छौं ।
” यस्तै उहाँले खानेपानी जस्ता संस्थाहरुले समयमा अधिवेसन, साधारण सभा गर्ने, समयमै लेखा प्रणालि चुस्त राख्ने अडिट गर्ने र संस्थालाई बलियो बनाउन तर्फ लाग्न उपभोत्ता समितिलाई आग्रह गर्नु भएको छ । उपभोत्ताले खानेपानि तथा सरसफाइमा ध्यानदिए नगरको मुहार फेरिन कुनै कठिनहुने जानकारी दिनुभयो । नगरपालिकाले खानेपानी शुद्धता चेक जाँचका लागि किट सहितको प्रविधिक टोलि संस्थाहरुमा पठाउने बतईएको छ ।

त्यस्तै निर्माणाधिन अवस्थामा रहेका खानेपानी संस्थाका कामहरु छिटै सम्पन्न लाग्ने जनाईएको छ । बाणगांमा भएका २१ वटा खानेपानि संस्थालाई पन्थीले सुझाव संकलनका लागि आफौ नगरपालिकामा बोलाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय