बुवटल । रुपन्देहीको सैनामैना नगरपालिका–६ की पुष्पा दाहालका दुई छोराछोरी विहिबारदेखि वेपत्ता भएका छन् । विहिबार विहान विद्यालय हिँडेका उनीहरु २४ घण्टा बढी समय हुँदा पनि घर नफर्नेपछि खोजविनका लागि अपिल गरेकी छन् ।
हिजो विहिबार विहिान करिब पौने ९ बजेको समयमा स्कूल हिँडेका उनीहरु अहिलेसम्म घर नफर्किएका हुन् । सैनामैना–४, मुर्गियामा अवस्थि प्रभात आवसीय बोर्डिङ स्कूलमा अध्ययनरत वर्ष १२ का प्रसिद्ध दाहाल र उनका बहिनी ९ वर्षीया प्रशन्न दाहाल बेपत्ता भएका हुन् ।
विहिबार साँझसम्म पनि उनीहरु घर नफर्केपछि परिवारले तत्काल ईलाका प्रहरी कार्यालय रन्यौरामा खबर गरेका थिए । पुष्पा दाहालले आफ्नो दुई छोरा छोरीलाई आफ्नो आफन्तीले अपहरण गरेको आरोप लगाएकी छन् । सैनामैना वडा–५ घमाहा खोला बस्ने खिम बहादुर पौडेलले ललाई फकाई गरि अपहरण गरेको आरोप लगाएकी हुन् । पारिवारिक रिसिबीका कारण उसले अपरहण गरेको उनले बताइन् ।
प्रभात आवसीय बोडिङ स्कुलका प्रधानाध्यापक अनन्तराम शर्माले विहिबार बेपत्ता भएका बालबालिकाहरु स्कुल नआएको बताएका छन् । उनीहरु विद्यालय नआएको जानकारी पाएसँगै परिवारसँग सम्पर्क गरेका उनले विद्यालय कर्मचारी, बस चालक तथा सहचालकलाई सोधेपुछ गरेका थिए । सोधपुछबाट उनीहरुलाई आफन्तीले फोटो खिचाउँन लैजान्छु भनेर मुर्गियामा आई बस बाट झराली अन्यत्र लगेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जिवन लामिछानेले खोजी कार्य जारी रहेको बताएका छन् । घटना बारे अन्तिमसम्म पुग्ने प्रयास भइरहेको बताउँदै उनले साँझसम्म सबै कुरा पत्ता लाग्ने दाबी गरे । ‘घटनाको विवरण हेर्दा आफन्तले नै अपहर गरेको देखिएकाले हालसम्मको अवस्था अनुसार परिवार आत्तिहाल्नु पर्ने अवस्था छैन ।’– ‘पारिवारीक मनमुटाव तथा विवादका कारण घटना घटेको देखिन्छ । कुनै अप्रिय हुँदैन, खोजीका लागि सम्पूर्ण सुरक्षा परिचालन गरिएको छ ।’