काठमाण्डाै – न्याय सम्पादनको आधारमा दाङ जिल्ला अदालत देशभरकै उत्कृष्ट भएको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ को जिल्ला अदालतको अर्ध वार्षिक प्रगति समीक्षामा धेरै मुद्दा फर्स्याैट गरेको आधारमा सर्वोच्च अदालतले दाङ जिल्ला अदालतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।
सर्वोच्च अदालतले जिल्ला अदालतहरुले औसत फर्स्याैट ३५ प्रतिशत हुनुपर्नेमा दाङ जिल्ला अदालतले ६ महिनामा ४३ प्रतिशत मुद्दा फर्स्याैट गरेको भन्दै न्याय सम्पादनमा देशकै पहिलो जिल्ला अदालतमा परेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
सामान्यतयाः एकजना न्यायाधीशले वर्षमा पाँच सय मुद्दा फर्स्याैट गर्नुपर्नेमा दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले छ महिनामै ५ सय ४४, हिमलाल बेलबाँसेले पाँच सय ४६ र डिल्लीराम शर्माले पाँच सय ६५ मुद्दा फर्स्याैट गर्नुभएको छ ।