दाङ । दाङको लमही-तुलसीपुर सडकखण्डमा ट्रकको ठक्करबाट सोमबार विहान मोटरसाइकल चालकको मुत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै लमहीतर्फ जाँदै गरेको प्रदेश नं. १ ०२००१ ख ९४०४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।त्यस क्रममा चालक १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि मृतकका परिवारले लमही–घोराही सडकखण्ड अवरुद्ध गरेका छन् ।
बिहान ९ बजेदेखि मृतक र आफन्तले घोराही–३ कुइरेपानी नजिकै सडक अवरुद्ध गर्दा लमही–घोराही सडकखण्डमा गाडी रोकिएका छन् । मृतकका आफन्त ट्रक चालकलाई कारबाही गर्नुपर्ने र मृतकको परिवारलाई राहत दिनुपर्ने माग गरिरहेका छन् ।ट्रकचालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।
२०७८ फाल्गुन ९, सोमबार १३:५८
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech