२०७८ फाल्गुन ९, सोमबार ०७:०९
 ९ फागुन – यौनजन्य क्रियाकलापमा असहमत जनाएपछि कपिलवस्तुमा ६० वर्षीया वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा देवरलाई पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाको देवर वर्ष ४० बर्षीय शम्भु लोनियाले माघ १० गते राति हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भएपछि पत्नी माइती गएको दिन हत्या गरिएको प्रहरीले जनाएको छ । पत्नी नभएपछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेको थिए ।

भाउजु देवर बिच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्विकार गरेको भण्डारीले बताउनु भयो । घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय के–नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनु भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय