२०७८ फाल्गुन ११, बुधबार १३:२१

कपिलवस्तुको बाणगंगा नगरपालिकाले परिचय तथा छलफललाई तिव्रता दिएको छ । बाणगंगा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर आएसंगै टेकराज पन्थीले परिचय तथा छलफललाई तिव्रता दिएका हुन् ।

आफ्ना अहिले सम्म गरेका मन्त्रालय देखि नगर सम्मका अभ्यासलाई उनले बाणगंगामा पनि लागु गराउन तत्परता देखाएका छन् । उनको यस्तो परिचय तथा छलफलले नगरपालिकाका सबै संघ सस्थां, एवं नगरवासिमा केहि उत्सुकता जगाएको छ । बाणगंगा नगरपालिकामा अहिले सम्मको अभ्यास यस्तो थिएन् । प्रमुख प्रशासकिय अधिकृत पन्थीको अभ्यासले नगरपालिका संघ सस्थां, एवं नगरवासिमा आशा पलाएको छ । पन्थीले केहि दिन देखि लगातार यस्ता कार्यलाई तिव्र परेका छन् । मंगलबार मात्रै पन्थीले नगरपाकिाका सम्पुर्ण वडाका टोल विकास संस्थालाई नगरपालिकामा बोलाएर छलफल तथा परिचय गरेका छन् ।

छलफलमा आएका सम्पुर्ण सुझाव, गुनासा, तथा भईरहेका कार्यको सबै जानकारी लिएको पन्थीले बताए । उनले वडा कार्यसमितिले गर्न हुने तथा गर्न नहुने कामको बारेमा जानकारी दिएका छन् । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारिहरुले आ–आफ्ना भनाई सहित जिज्ञासा प्रस्तुत गरेका थिए । छलफलमा उठेका जिज्ञासाको जवाफ दिदै नगर उपप्रमुख चक्र पाणि अर्यालले सवैको चासो नगर विकासमा रहेको प्रष्ट भएको बताए । उनले भने “बाणगंगा नगरपालिकामा भएका विकासका कामको निगरानी गर्ने जिम्मा टोल विकास संस्थाहरुको हो ।” विकास निर्माणका कामहरु नजिक बाट सुस्म अध्यन गर्न र भएका सुझावहरुलाई वडा कार्यलय मार्फत नगर सम्म ल्याउन टोल विकासको महत्वपुर्ण भुमिका रहने उनले बताए । कार्यक्रममा नगपालिका भित्रका सबै टोल विकास संस्थाहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय