२०७८ चैत्र १२, शनिबार १७:५८

कपिलवस्तु १२ चैत ।
१२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । महोत्सव संचालनको मिति सकिनै लाग्दाँ दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको हो । महोत्सवमा यो गर्मीका बाबजुत थप उत्साह छाउँदै गएको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो । महोत्सव कपिलवस्तुलाई संसारभर चिनाउन महत्वपूर्ण सावित भईरहेको बताउनुभएको उहाँको भनाई छ ।

आज शनिबार चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, आधुनिक गायक रमेशराज भट्टराई, बाल बलाकार जिया भूसाल, लोक दोहोरी गायक चन्द्र शर्मा, लोक दोहोरी गायीका आशा वि।सी।, हास्यकलाकार सुमित घिमिरेसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय