२०७९ बैशाख १३, मंगलवार १७:०२

बुटवल । बुटवलको एक सुनचाँदी पसलमा चोरी भएको छ । गयराति बुटवल उपमहानगरपालिका–६ स्थित बि।पि।चोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले २ किलो सुनका गहना, २ किलो काँचो सुन र नगद ५ लाख चोरी भएको बताए । लुटेराले पसलमा तोडफोड गर्नका लागि वल्डिङ्ग मेसिन प्रयोग गरेका थिए । पसलका सञ्चालक डिलबहादुर सुनारका अनुसार घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको बताए ।

चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट रुपमा देखिएका छन् । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता पौडेलले घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए । साथै चोरी गर्ने व्यक्ति छिट्टै नै पक्राउ गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय