२०७९ बैशाख २३, शुक्रबार ०५:४५

पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

२ घाइते भएका छन् । बुटवलबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको गाडी तिनाहु गाउँपालिका ३ चरचरेमा दुर्घटना हुदा रामपुर ३ गण्डकीढिक स्थायी घर भइ रामपुर ५ बेझाडका सुर्य प्रसाद श्रेष्ठको ज्यान गएको छ ।
त्यस्तै रामपुर ३ का २७ बर्षका गाडी चालक खेम बहादुर खाम्चा र सोही स्थानका ४६ बर्षका टुकनारायण श्रेष्ठ घाइते हुनुभएको पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिनुुुभयो  । घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय