रुपन्देही, ०४ जेठ । रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल निर्वाचित हुनुभएको छ। बस्यालले ७ हजार ९८३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २७० मत ल्याउनुभयो ।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शान्तादेवि ज्ञवाली निर्वाचित हुनुभएको छ। ज्ञवालीले ६ हजार ६८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत ल्याउनुभयो ।