२०७९ जेष्ठ ८, आईतवार १४:५७

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा उपमेयरको पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । उहाँले २६ हजार आठ सय ८७ मतको अग्रता लिइरहनुभएको छ ।

अहिलेसम्म भएको गणनाअनुसार डंगोलले ४० हजार पाँच सय २४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ६ सय ३७ मत प्राप्त गरेर दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले आठ हजार चार सय एक मत प्रप्त गरेर तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय