२०७९ जेष्ठ ११, बुधबार १७:१५

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा दोस्रो कार्य कालको लागि अब्दुल कलाम निर्वाचित हुनु भएको हो भने उपमेयरमा रिता कुमारी कुर्मी निर्वाचित हुनु भएको हो ।

अन्तिम मतपरिणाम अनुसार मेयरमा निर्वाचित नगर प्रमुखका उम्मेदवार कलामले १० हजार २ सय मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामदास चौधरीले ८ हजार ६ सय ६८ मत प्राप्त गर्नु भएको छ ।

यस्तै उपमेयरमा निर्वाचित कुर्मिले ११ हजार १ सय ६१ मत प्राप्त गर्नु भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेकी भानमति यादवले ७ हजार२ सय मत पाउनु भएको छ।

महाराजगन्ज नगरपालिकामा कांग्रेसकोको तर्फबाट उपमेयर पदकी उमेदवार बनेकि सुभावती कुर्मीको मृत्यु भएपछि महाराजगन्जमा जेठ ३ गते निर्वाचन भएको थियो ।

महाराजगन्ज नगरपालिकामा १,२,३, ५,६,८,१०,र ११ नम्बर वडामा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन । वडा नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका वडा अध्यक्ष ,वडा न ९ मा नेकपा एमालेका वडा अध्यक्ष र वडा नम्बर ७ माजनता प्रगतिशिल पार्टी, नेपालका वडा अध्यक्ष निर्वातिच भएका छन ।

कपिलवस्तु महाराजगन्ज नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको नामवली०

मेयर( कांग्रेस-अब्दुल कलाम

उपमेयर-रिता कुमार कुर्मी

वडा नं १-कांग्रेस= प्रमोद कुमार चौधरी

वडा नं २- कांग्रेस= उजेर खान (जुबेर)

वडा नं ३ -कांग्रेस= नयनदास मौर्या

वडा नं ४- लोसपा= शैलेन्द्र नाथ शुक्ला

वडा नं ५-कांग्रेस=छेदी प्रसाद कुर्मी

वडा नं ६- कांग्रेस =रामसिंह कुर्मी

वडा नं ७-जप्रपा=रामरुप बढई

वडा नं ८- कांग्रेस = योगेन्द्र कुमार केसी

वडा नं ९-एमाले= फरिद अहमद खान

वडा नं १०-कांग्रेस= शैलेन्द्र कुमार चौधरी

वडा नं ११-कांग्रेस= धर्मेन्द्र कुमार पुरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय