काठमाण्डाै – हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले जहाज रहेको ठाउँ पत्ता लागेको जानकारी दिनु भएको छ । उहाँका अनुसार जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वोरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटनास्थलमा उद्धार टोली पठाइएको उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार स्थानीय बासिन्दाले ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज रहेको जानकारी दिएका हुन् । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो । हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ ।
२०७९ जेष्ठ १६, सोमबार ०८:३३
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech