२०७९ जेष्ठ २२, आईतवार १७:२९

जेष्ठ २२

काठमाडौं स् आफ्नो व्यापार व्यवसायमा प्रयोग गर्दै आएको शौचालयलाई सार्वजनिक शौचालय प्रयोग गर्न दिन चाहने व्यक्ति तथा संस्थालाई ७ दिनभित्र सम्पर्कमा आउन काठमाडौ महानगरपालिकाले सूचना जारी गरेको छ। महानगरले आइतबार एक सूचना जारी गर्दै शौचालय प्रयोग गर्न दिन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न आग्रह गरेको हो।

होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुकहरूलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न भनिएको हो।

नवनिर्वाचित मेयर बालेन्द्र शाह निर्वाचित भएपश्चात् बसेको कार्यपालिकाको पहिलो बैठकले काठमाडौं महानगरभित्रका निजी शौचालयलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलगत्तै कतिपयले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको सूचनासहितको बोर्ड राखेको तस्वीरहरू सार्वजनिक भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय