२०७९ जेष्ठ २३, सोमबार १४:०५

काठमाण्डौ – काठमाण्डौको दक्षिणकाली नगरपालिकाको फर्पिङ जङ्गलमा दुई जनाको शव फेला परेको छ । अन्दाजी २०र२१ वर्षका युवक र युवतीको शव फेला परेको फर्पिङ प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

मृतकको परिचय खुल्न सकेको छैन । शव भेटिएको ठाउँ नजिकै विषको बट्टा पनि फेला परेको छ । हत्या वा आत्महत्या केहो भन्नेबारे खुलेको छैन ।

अहिले काठमाण्डौ जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय