२०७९ जेष्ठ २६, बिहीबार १४:५६

२६ जेठ, काठमाडौं । शरीरमा लगाएको भित्री वस्त्र कट्टुमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९स्४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए ।
उनका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो । त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।

भट्टराईका अनुसार उनको कट्टुमा विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६।५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन पनि बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय