गुल्मी जेष्ठ २७ -रेशुङ्गा नगर पालिका स्वास्थ्य शाखा द्वारा आयोजना गरिएको पालिका स्तरीय जनप्रतिनिधि र स्वास्थ्य संस्था प्रमुखहरुको समिक्षा कार्यक्रममा रेशुङ्गा न.पा. भित्रका स्वास्थ्यसंग सम्बन्धित जनसरोकारका विषयमा अन्तरक्रियात्मक समिक्षा गर्दै सम्पन्न भयो । उक्त कार्यक्रममा रेशुङ्गा न.पा. गुल्मीका नगर प्रमुख तथा उक्त कार्यक्रमका अध्यक्ष श्री खिल्धवज पन्थीले स्वास्थ्य जस्तो गम्भीर विषयमा सम्बन्धित सबै पक्षलाई गम्भीर रूपमा लाग्न अनुरोध गर्दै आफुले नगर प्रमुखको भुमिकामा स्वास्थ्य क्षेत्र लगायत समग्र नगरको विकास गर्न कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२०७९ जेष्ठ २७, शुक्रबार १९:४३
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech