२०७९ असार १, बुधबार १५:५६

काठमाण्डौ, ०१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले आजै संसद् बैठकमा आएर कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको सम्झौता नेपालले गर्दैन भनेर जवाफ दिनुपर्ने बताउनुभयो ।

‘यस्तो सम्झौता नेपालले गर्दैन भनेर प्रधानमन्त्रीले आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ’ सांसद थापाले भन्नुभयो । प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि मात्र यसबारेका भ्रम र आशङ्का अन्त्य हुने थापाको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय