२०७९ असार ८, बुधबार १३:१८

काठमाडौं स् दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ आज बुधबार ९असार ८ गते० बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत २ लाख १ हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

दोर्दी खोलाले जेठ २६ गतेदेखि ३१ गतेसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसमध्ये ५५ अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, दोर्दी खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय