२०७९ असार ८, बुधबार १६:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने संकेत गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले ब्याजदर बढिरहेको भन्दै त्यसलाई सबैले स्वीकार्नुपर्ने बताए ।

‘रेटहरु बढ्दा छन्,’ उनले भने,’उद्योगीहरुले प्रताडित छौं भन्नुभएको छ, तर परार साल सम्झनुस् त, अहिले त्योभन्दा राम्रो अवस्था छ ।’

उनले कुल गार्हस्थ्य उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न गर्दै त्यस्तो ऋण प्रणालीमा स्वभाविक रुपमा फर्किने विश्वास व्यक्त गरे ।

उनले मौद्रिक नीति जादुको छडी नभएको बताए । सबै समस्याको समाधान मौद्रिक नीतिले नगर्ने भन्दै यसका आफ्नै सीमाहरु भएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय