कपिलवस्तुको बाणगंगामा टीभीएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सन सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले सोमबार एक कार्यक्रमका बीच वैरियामा आरटीएफआई बीएस ६० भर्सन सार्वजनिक गरेको हो ।
बाणगंगा नगरपालिका वडा नं १ का वडाध्यक्ष सन्जु कुमार सारु, कपिलस्तु उद्योग बाणिज्य संघका उपाध्यक्ष तुल्सीराम घिमिरे, नेपाल राष्टिय उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य कुशल पौडेल, संचालकहरु उमानाथ पौडेल, मोहन न्यौपाने, मनोज पौडेल, बसन्त खनाल र शंकर भाट क्षेत्रीको उपस्थितिमा उक्त भर्सनको मोटरसाईकल सार्वजनिक गरिएको हो ।
वडाध्यक्ष सारुले बाणगंगा अटो टेडर्सले बर्षौदेखि यस क्षेत्रका नागरिकलाई राम्रो सेवा उपलब्ध गराउदै आएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस क्षेत्रका व्यक्तिको विश्वासलाई जित्दै अघि बढ्न आग्रह गर्दै नयाँ नयाँ मोडलका गाडिको विक्रि वितरणलाई थप सहज बनाउन आवश्यक रहेको बताए ।
उक्त भर्सनको मोटरसाईकल सार्वजनिक भए लगत्तै पहिलो पटक शिव के।सी।ले खरिद गरेका छन् । उनले यस बाईकको सबै फिचर, लुक्स धेरै राम्रो लागेको भन्दै अन्य व्यक्तिलाई पनि खरिद गर्न अपिल गरेका छन् ।
कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव समेत रहेका संचालक मनोज पौडेलले बर्षौदेखि आफुहरुरुले गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको बताए । उनले विगतदेखि नै आफुहरुले ल्याएका नयाँ भर्सनका मोटरसाईकलहरुमा ग्राहकहरुको आकर्षण बढ्न गरेको र अहिले पनि यस मोटरसाईकलप्रति ग्राहकहरुको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।
बीएस ६ भर्सनमा आएको यो मोटरसाइकल सेग्मेन्टमा नै पहिलो तीन राइडिङ मोडसहित आएको छ । आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन, अर्वान र स्पोर्टस गरी तीन मोड उपलब्ध छ ।
यसमा रहेको रेस ट्यून फ्यूल इन्जेक्शन टेक्नोलोजीले यो मोटरसाइकलको पर्फमेन्स तथा यसको माइलेजलाई उत्कृष्ट बनाएको कम्पनीको दावी छ ।
यसका साथै मोटरसाइकलमा टीभीएस स्मार्ट कनेक्ट फिचर समेत रहेको छ । चालकले ब्लुटुथ कनेक्ट मार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता अत्याधुनिक फिचरहरु प्रयोग गर्न सक्नेछन् ।
अपाचे आरटीआर १६० फोर भी यो सेग्मेन्टमा नै सर्वाधिक पावरफुल मोटरसाइकल रहेको छ । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन रहेको छ । यो इन्जिनले १७।५ पीएस पावर र १४।७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यो मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ ।