२०७९ असार १७, शुक्रबार १२:१५

कपिलवस्तुको बाणगंगामा व्यवस्थित र सुबिधायुक्त समृद्धि हेयर ड्रेसिङ् सन्चालनमा आएको छ । बाणगंगाको जितपुर होराईजन चोकमा विहीबारबाट उक्त हेयर ड्रेसिङ्को बिधिवत रुपमा शुभारम्भ गरिएको हो ।

बिहीबार एक कार्यक्रमका बिच बाणगंगा ४ का वडा अध्यक्ष छबि रेश्मी मगरले सो हेयर ड्रेसिङ् सेन्टरको उद्धघाटन गर्नुभएको छ ।

हेयर ड्रेसिङ्को उद्धघाटन गर्दै वडा अध्यक्ष रेश्मी मगरले आफु आकर्षक कपाल काट्नका लागि निकै रुचि राख्ने भएको र यसका लागि सधै बुटवल काठमाण्डौ जाने गरेको बताउँदै अब भने आकर्षक कपाल काट्नकै लागि भौतारिनु नपर्ने भन्दै खुसी ब्यक्त गर्नुभयो ।

साथै उहाँले बाणगंगा क्षेत्रमा यस्तो सुबिधा सम्पन्न हेयर ड्रेसिङ् सेन्टर नभएको र यसको स्थापना हुनु आम युवा साथीहरुको लागि खुसीको कुरा भएको बताउनुभयो ।
समृद्धि हेयर ड्रेसिङ् सेन्टर एउटा बा्रण्ड नै बनी सकेको बताउँदै अब यसको सेवा सुबिधाले कपिलवस्तुमा पनी छुट्टै छाप छोड्ने समृद्धि हेयर ड्रेसिङ् बुटवलका फाउण्डर मोहन ठाकुरले बताउनुभयो ।

बुटवलबाट सुरु भएको हेयर ड्रेसिङ् पोखरा, मनिगा्रम, बर्दघाट र अहिले कपिलवस्तुको ४ नंम्बर जितपुर गरि ५ स्थानमा बिस्तार भएको पनी ठाकुरले बताउनुभयो । हेयर स्टाईललाई बा्रण्डको रुपमा बिकास गर्दै ग्राहकलाई आकर्षक र गुणस्तरीय सेवा सुबिधा प्रदान गर्ने उदेश्य रहेको पनी उहाँले बताउनुभयो । समृद्धि हेयर ड्रेसिङ् मार्फत गा्रहकहरुले सुन्दरता ९ब्युटि० संग सम्बन्धित हेयर ट्रिटमेन्ट, स्किन ट्रिटमेन्ट लगाएतका सुबिधाहरु पाउने र आवश्यकता अनुसार परामर्श दिईने पनी उहाँले बताउनुभयो ।

करिब २५ लाखको लागतमा सन्चालनमा आएको समृद्धि हेयर डे्रसिङ्ले यस क्षेत्रका युवा पुस्ताका आवश्यकता र रुची अनुशार सुन्दर बन्ने सपना साकार पार्नेमा आफु बिश्वस्त रहेको सन्चालक दामोदर न्यौपानेले बताउनुभयो । बाणगंगा क्षेत्रमा यस्तो खालको सुबिधा सम्पन्न र गुणस्तरिय हेयर ड्रेसिङ्को आवश्यकता खड्किएको महसुस गर्दै समृद्धि हेयर ड्रेसिङ् सन्चालनमा ल्याईएको पनी सन्चालक न्यौपानेले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय