२०७९ असार १७, शुक्रबार १३:४२

भैरहवा स्थित भिम अस्पतालका कर्मचारी शुक्रबारदेखी बिभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सरकारले घोषणा गरेको कोभिड जोखिम भत्ता नपाएको बताउदै उनिहरु आन्दोलमा होमिएका हुन् ।

चिकित्सक, प्यारामेडिक, नर्सिङ्ग देखी सफाई कर्मचारी र कार्यालय सहयोगीहरुको पहिलो दिनको आन्दोलन नै अस्पतालका सेवा प्रभावित बनेको छ । भिम अस्पताल कर्मचारी संघर्ष समिति नै गठन गरेर जोखिम भत्ता माग गरिरहेका कर्मचारीहरुले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनको चेतावनी दिएका थिए ।
१६ गते सम्म पर्खने र १७ देखी आन्दोलनमा जाने भिम अस्पताल कर्मचारी संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले बताएका थिए । सोही अनुसार शुक्रबार बिहान ९ बजे देखी ११ बजे सम्म अस्पतालको ओपीडी सेवा बन्द गरिएको उपाध्यायले बताए । यसको साथै १८ गते शनिबार अस्तालका कर्मचारी अस्पताल परिसरमै धर्ना बस्ने, १९ गते आईतबार बिहान ९ बजे देखी १२ बजे सम्म ३ घण्टा ओपिडी सेवा बन्द गर्ने कार्यक्रम रहेको उनले बताए । २० गते सोमबार देखी अस्पतालको सम्पूर्ण ओपिडी सेवा बन्द गर्ने संघर्ष समितिको निर्णय भएको उपाध्यायले बताए ।

बिशेष गरि विपन्न वर्गले सेवा लिई रहेको भिम अस्पतालको ओपिडी सेवा बन्द भए यसबाट यस क्षेत्रका हजारौ बिरामी प्रभावित हुने देखिएको छ।

दोस्रो चरणको कोरोना महामारीमा सरकारले स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने बताएको थियो । तर, एक वर्ष बढी समय व्यतित हुँदासमेत कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले सरकारले दिने भनेको जोखिम भत्ता पाएका छैनन् । स्वास्थ्यकर्मीलाई सरकारले ६ महिनाको जोखिम भत्ता उपलब्ध गराउने जनाएको थियो । संघ सरकारले देशभरका स्वास्थ्यकर्मीलाई पारिश्रमिकको ५० प्रतिशत भत्ता उपलब्ध गराउने बताएको थियो ।

लुम्बिनी प्रदेश सरकारले पनि संघ सरकारले जस्तै प्रदेशमा महामारीको जोखिममा काम गरेका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने घोषणा गरेका थियो । तर, असार सकिनै लाग्दा समेत दुबै सरकारले स्वास्थ्यकर्मीहरुलाई भत्ता उपलब्ध गराएका छैनन ।

संघर्ष समिति अध्यक्ष उपाध्यायले गत २०७८ साउनदेखि पुससम्म भत्ता वापतको एक करोड ४९ लाख ८० हजार रकम स्वास्थ्यकर्मीले पाउन बाँकी रहेको जनाए । उनका अनुसार २०७८ बैशाखदेखि असारसम्म तीन महिनाको भत्ता १ करोड ५६ लाख पनि उपलब्ध गराइएको छैन ।

अस्पताल प्रशासनका अनुसार भीम अस्पतालका १ सय ७४ जना स्वास्थ्यकर्मीले कोरोना महामारीमा काम गरेवापतको जोखिम भत्ता पाएका छैनन् । यसका लागि पटक–पटक पहल गरिए पनि प्रदेश सरकार र संघ सरकारले अझै उपलब्ध नगराएको अस्पतालकी मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय