कपिलवस्तु असार २० ।
कपिलवस्तुमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गा.पा. ३ फुलिका स्थित बर्रोहिया पचेहरा भित्री सडक खण्डमा पकडीबाट पचेहरा तर्फ जादै गरेको लु ७७ प ३०४६ नं. को स्कुटी र बिपरीत दिशाबाट आउदै गरेको लु २६ प ७७४५ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक वाणगंगा ४ हरिहरपुर बस्ने वर्ष ५१ को हरी बिक्रम शाहीको मृत्यु भएको हो ।
टाउकोमा गम्भिर चोट लागेका शाहीको मेडिकल कलेज भैरहवा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ । स्कुटी चालक रुपन्देही सिदार्थ.न.पा.६ बैंक कलौनी बस्ने वर्ष ५९ को पल्टन चौहान भने घाईते भएका छन । उनहको दुबै हात, दुवै खुट्टा,टाउकोमा चोट लागेको उनकी सोही स्कुटीमा पछाडी सवार श्रीमती वर्ष ४८ की गिता चौहानको शरिरमा पनि चोट लागेको प्रहरीले जनाएको छ । दुबैको मेडिकल कलेज भैरहवा उपचार भई रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
यसैगरी सोमबार नै वाणगंगा न.पा. ७ वनगाईमा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मोटरसाईकल आपसमा ठोकिन जाँदा अर्घाखाँची भुमिकास्थान ४ बस्ने वर्ष ४० को कृष्ण खत्रीको मृत्यु भएको छ । टाउकोमा चोट लागि गम्भिर घाईते भएका खत्रीको बुटवल प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो
उता कपिलबस्तुको कृष्णनगर न.पा.वडा नं.९ बस्ने पप्पु केवटको छोरी मनिशा केवटको मालाथिन नामक विषादी सेवन गरेको कारण उपचारको क्रममा तौलिहवा अस्पतालमा मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।
२०७९ असार २०, सोमबार १८:५०
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech