२०७९ असार २८, मंगलवार १७:०९

काठमाडौं, २८ असार । स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। गोविन्द पोखरेलले सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंगलबार आज आफ्नो धारणा राख्दै पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदेश सरकारसँग समन्वय गरेर राजनीतिक नेतृत्वको सुविधा कटौती गर्न सुझाव दिएका हुन् ।

‘सरकारले प्रदेश सरकारहरुसँग समन्वय गरी हाम्रो आर्थिक अवस्था नसुध्रिदासम्म स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने अनावश्यक सुविधाहरुमा कटौती गरौं’ उनले भने ।

उनले राजनीतिक सहमति गरी डा। डिल्लीराज खनाल नेतृत्वको समितिको प्रतिवेदन लागू गर्न पनि सुझाव दिएका छन् । सरकारले २०७५ सालमा खनालको नेतृत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो । उक्त समितिले सरकारको खर्च घटाउनका लागि सरकारका विभिन्न निकाय खारेज गर्नेदेखि मन्त्रालयको संख्या घटाउनेसम्मको सुझाव दिएको थियो ।

नेता पोखरेलले कांग्रेस नेतृत्वको वर्तमान सरकारले आफ्नै आर्थिक नीतिका आधारमा मुलुक चलाउनुपर्ने बताएका छन् । ‘गठबन्धन दलहरुको फिरन्ते आर्थिक नीतिको पछाडि नलागीसमयमै कांग्रेसले देश र जनताको दीर्घकालीन हितका लागि फजुल खर्च रोकौं, बजेटमा समयमा उपयोगमुलक तरिकाले खर्च गरौं’ उनले भने ।

सरकारले महंगा हतियार र हेलिकप्टर खरिद गर्न लागेको विषयमा पनि पोखरेलले प्रधानमन्त्रीको जवाफ मागेका छन् । ‘विदेशी मुद्रा सञ्चितीको यस्तो अवस्थामा के अहिले यस्ता सामग्रीहरु खरिद गर्ने बेला हो रु’ सरकारको यस्तो गतिविधिले मुलुकलाई श्रीलंकाकै बाटोमा लाने पोखरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय