मुर्गिया, २९ असार । रुपन्देहीको सैनामैना नगरपालिमा उप प्रमुखका प्रत्यासी मानबहादुर महत ९नारायण०ले एक समूहको नेतृत्व गर्दै कर्मचारीको विषयलाई लिएर ध्यानाकर्षण पत्रसहित नगरपालिका पुगेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उपप्रमुख बिना राना मगरसँग पराजित भएका नेकपा माओवादी केन्द्रका नेता महतले ‘सर्वदलीय, सर्वपक्षीय संयन्त्र’ नाम दिएर एक समूहसहित नगपालिकाको कार्यालयमा पुगेका हुन् ।
नगरपालिकामा करारमा कार्यरत सव ईन्जिनियर प्रदिप गिरीलाई हटाउनु पर्ने माग गर्दै उनले नगर प्रमुख फणेन्द्र शर्मालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नगरपालिकामा रहेका अन्य करारका कर्मचारीको समेत आवश्यकता हेरी निर्णय गर्न आशय व्यक्त गरेका छन् । अनावश्यक रहेका कर्मचारीलाई हटाउनु पर्ने र आवश्यकको मात्रै करार थप गर्न उनको माग छ । भ्रष्टाचार गरेको र जनतालाई सास्ती दिएको आरोप लगाउँदै त्यस्ता कर्मचारीलाई करारको म्याद अवधि थप नगर्न आग्रह गरेका छन् ।
प्राविधिक गिरिले सडक, सार्वजनिक भवन तथा व्यक्तिगत भवन निर्माण कार्यमा समेत समयमा स्टीमेट नगर्ने, गरेका स्टीमेट समेत बदलेर कमिसन खाने बाटो राख्ने, बिकास निर्माणका कार्यमा कमिसन माग्ने, स्टीमेट अनुसारको कार्य सम्पन्न हुँदा समेत जनतालाई अनावश्यक दुःख दिने लगायतका आरोपसहितको पत्र महतले नगर प्रमुखलाई बुझाएका छन् ।
नेकपा माओवादीका नेता महतले ‘सर्वदलीय सर्वपक्षीय संयन्त्र’ को नाममा नगरपालिकामा कार्यरत कुनै एक र्मचारीमाथि आरोपसहित डेलिगेशन आउनुलाई सव ईन्जिनियर गिरीले अचम्म मानेको बताएका छन् ।
आफूले काम गर्ने क्रममा कुने भ्रष्टाचार वा कमजोरी गरेको भेटिएमा प्रमाणसहित आउन चुनौती दिँदै उनले राजनीतिक वा व्यक्तिगत स्वार्थ साध्नका लागि आफू विरुद्ध गतिविधि भएको हुनसक्ने उल्लेख गरे । साविकको पर्रोहा गाविसदेखि नै विगत १३ वर्षदेखि करारमा काम गर्दै आएका गिरीले आफूमाथि लागेको आरोप झुटो र नियोजित भएको उल्लेख गरे । नगरपालिकामा रहेका करिब ८० जना करार कर्मचारी मध्ये आफूमाथि एक्लो रुपमा आरोप लगाउनुलाई आश्चार्य लागेको उनले बताए ।
सो विषयमा नगर प्रमुख फणेन्द्र शर्माले वास्तविकता बुझेर अघि बढ्ने प्रतिक्रिया दिए । आफू एक्लैले निर्णय गर्न नमिल्ने बताउँदै उनले महतले बुझाएको ध्यानाकर्षण पत्रलाई कार्यपालिका बैठकमा लगेर उपयुक्त निर्णय गरिने बताए ।
२०७९ असार २९, बुधबार १६:४७
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech