२०७९ असार ३१, शुक्रबार १५:३१

काठमाडौं-प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघि बिधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावमाथि भएको छलफलका क्रममा सांसदहरुले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिएका थिए ।

उनीहरुले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने बताएका थिए । उनीहरुले नागरिकता सरल ढङ्गबाट प्राप्त गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसदहरुले राखेका जिज्ञाशाको जवाफ दिदै गृहमन्त्री बालकृष्ण खाँणले बिधेयकमा केहि समस्या देखिए परिमार्जन गर्न सकिने बताउनुभयो । उहाले कुनैपनि नेपाली नागरिकहरु नागरिकताबिहीन हुन नपरोस भन्ने उदेश्यका साथ नै सरकारले नागरिकता बिधयेक ल्याएको धारणा राख्नुभयो ।

सदनमा प्रस्तुत गरेको नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई मूलरूपमा सम्बोधन गर्ने र आमाबाबु नेपाली नागरिक हुँदाहुँदै पनि नागरिकता नपाएर सरकारबाट पाउने सेवा सुविधा लिन बञ्चित भएका लाखौँ युवाले नागरिकता पाउने सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय