३२- असार
लुम्बिनी प्रदेशका स्थानीय निकायहरुले कोभिड–१९ नियन्त्रणको नाममा गरेका व्यापक बेथिती फेला परेको छ । पालिकामा निर्माण गरिएको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोषको रकम दुरुपयोग गर्दै मोटर बाटो निर्माण, मन्दिर निर्माण, मूर्ति खरिद, भवन निर्माण तथा विभिन्न कार्यालयका सामग्रीहरु सहित कुर्सी टेबल समेत खरिद गरेको भेटिएको हो ।
महालेखा परिक्षकको कार्यालय सार्वजनिक गरेको विशेष महालेखा रिपोर्टका अनुसार स्थानीय निकायहरुले कोभिडका नाममा लाखौ रकम अनियमित गरेको भेटिएका छन् । लुम्बिनीको बर्दियामा रहेको बाँसगढी नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषको रकम दुरुपयोग गर्दै उक्त रकम मन्दिर निर्माण तथा मूर्ति खरिदमा खर्च गरेको भेटिएको छ ।
कोरोनासँग कुनै पनि सम्बन्ध नराख्ने वडा नम्बर ५ मा अवस्थित बड्की भवानी मन्दिर मूर्ति खरिद तथा निर्माणका लागि पालिकाले ४ लाख ९३ हजार खर्च गरेको भेटिएको छ । यसैगरी सोही नगरपालिकामा वडा नम्बर ७ मा अवस्थित गौरीपाराको शिव मन्दिर निर्माणका लागि १ लाख ३० हजार खर्च गरिएको छ । चक्रपथ निर्माणका लागि २ लाख १८ हजार तथा भवन निर्माण शिर्षकमा १ लाख ९४ हजार रकम खर्च गरेको भेटिएको हो । उक्त नगरपालिकाले नियम विपरित कोरोना कोषको १० लाख ३६ हजार रकम दुरुपयोग गरेको छ ।
नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख धनबाहुदर चन्दका अनुसार फरक शिर्षकमा रकम खर्च गर्नु लगत भएपनि जनप्रतिनिधि तथा स्थानीयको दाबाबमा यसो गरिएको हो । विभिन्न योजनाहरुमा रकम अभाव देखिएको अवस्थामा स्थानीयलाई खुसी बनाउन जनप्रतिनिधिहरुले नै फरक शिर्षकका रकमहरु खर्च गर्न निर्देशन गरेको उनले बताए ।
२०७९ असार ३२, शनिबार १२:३५
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech