२०७९ असार ३२, शनिबार १३:२२

असार महिना सकिनै लाग्दा पनि पर्याप्त वर्षा नहुँदा खेतमा लगाइएको ब्याड सुक्नुका साथै खेतमा धाँजा पर्न थालेको छ । बर्दियामा करिब ७५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा कतिपय खेतमा धाँजा पर्न थालेको हो ।

गुलरिया नगरपालिकामा ९० प्रतिशत खेतमा रोपाइँ भएको कृषि शाखाले जनाएको छ । पम्पिङ सेट, विद्युतीय सिँचाइबाट रोपाइँ गरे पनि पानी नपर्दा यहाँका किसानले पूरा खेतमा धान रोपाइँ गर्न पाएनन् । स्थानीय राजेन्द्र लोधले १ बिघामा रोपाइँ गरेको धान पानी अभावमा सुक्दै गएको बताउँछन् । खेतमा पानी सुकेपछि धाँजा परेको उनले बताए । यस्तै स्थानीय हरीराम चौधरी पनि रोपाइँ भएको खेतमा पानी लगाउन नपाउँदा धाँजा फाटेर चिरिएको बताउँछन् ।

आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने उनको गुनासो छ । राष्ट्रिय गौरवको सिँचाइ आयोजनाको नहरमा असार महिनामा पर्याप्त पानी छैन । जिल्लामा ७५ प्रतिशत रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा बबई, ओरही, मान लगायत नदी र खोलामा पानी न्यून भएकोले सिँचाइ हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय