२०७९ श्रावण २, सोमबार १३:२०


कपिलवस्तु, साउन
मुल्य बृद्धि बढदै गए पनि दररेट पारिमार्जन नभए पछि आफुहरु मर्कामा परेको निर्माण व्यवसायीले गुनासो गरेका छन । कपिलवस्तु निर्माण व्यवसायी संघको आयोजनामा संघमा आयोजित कोभिडका कारण मृत्यु भएका निर्माण व्यवसायीका आश्रित परिवारलाई सहयोग रकम बितरण तथा जनप्रतिनिधीमा निर्वाचित निर्माण व्यवसायीलाई सम्मानका लागी आयोजित कार्यक्रमका सहभागीले सो गुनासो गरेका हुन ।

सो अवसरमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझिले निर्माण व्यवसायीहरु महगीको मारमा परेको बताए । महगी ४० प्रतिशत बढे पनि सरकारी दररेट समायोजन नहुदाँ र मुल्य बृद्धिको बारेको दोस्रो निर्देशिका जारी नहुदाँ आफुहरु मारमा परेको बताउनु भयो । मुल्य बृद्धिलाई मध्य नगर गरि फागुन यताको ठेक्काको भुक्तानी रकममा २० प्रतिशत थप पाउनु पर्ने महासंघको माग रहेको उहाँले बताउनु भयो ।

निर्माण व्यवसायीले तोकेको दररेटमा गुणस्तरीय काम गर्न आग्रह गर्दै अस्वस्थ्य प्रतिस्पर्धाका कारण निर्माण व्यवसायी समस्यामा पर्ने गरेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले सुझाव दिनु भयो । कपिलवस्तु निर्माण व्यवसायी संघका अध्यक्ष गुन्जन कुमार गुप्ताले महगी अनुसारको मुल्य समायोजन नहुदाँ निर्माण व्यवसायीले कार्यालयबाट पाउने भुक्तानी भन्दा तिर्नु पर्ने रकम बढि देखिदा व्यवसायी चिन्तित बनेको बताए ।

कार्यक्रममा कोभिड १९ का कारण ज्यान गुमाएका निर्माण व्यवसायीहरु बालगोबिन्द चौधरी, रामसुकल तेली, बुद्धीमान थारु र कमल रानाका आश्रित परिवारलाई जनही १ लाख ५० हजार दरले सहयोग रकम हस्तान्तरण गरिएको थियो । त्यसै गरि जनप्रतिनिधीमा निर्वाचित निर्माण व्यवसायी तथा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, वडा नम्बर २ का अध्यक्ष अशोक कुमार गुप्ता र बुद्धभुमी १० का अध्यक्ष संदिप कुमार पाण्डेयलाई स्वागत तथा सम्मान गरिएको थिय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय