२०७९ श्रावण २, सोमबार १५:४३

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीलाई कारबाही गर्न एमालेले माग गरेको छ । आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए ।]

त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा धकेलिदिएका थिए । केसीले कांग्रेस नेताको निर्देशनमा वडाध्यक्षसहितका जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै एमाले निकट विभिन्न संगठनहरूले विरोध गर्दै कारवाही गर्न माग गरेका छन् ।

यता तिलोत्तमा नगरपालिकाको आजको लागि बोलाइएको नगरसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।सचिव माधवप्रसाद पौडेलले बैठक सुरू हुनु केही समयअघि सूचना टाँसेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका छन् । आइतबार विवादपछि स्थगित भएको नगरसभा सोमबार १२ बजेका लागि बोलाइएको थियो ।

बजेट पास गर्न केही दिनयता नियमित रूपमा बैठक बसेपनि कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खाण तथा एमालेबाट निर्वाचिन उपमेयर जागेश्वरी चौधरीको आ९आफ्नै अडानले निष्कर्ष निस्किएको छैन । नगरसभामा बहुमतमा रहेको एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा भएपछि मेयरले नगरसभा स्थगित गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय