२०७९ श्रावण ३, मंगलवार ११:४८

कपिलवस्तु, ०३ साउन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले असार २८ देखि भूमिहिनलाई डिजिटल निस्सा प्रदान गर्न थालेको छ । नगरपालिकाले पहिलो चरणमा वडा नम्बर ५, ६ र १० मा डिजिटल निस्सा प्रदान गरिसकेको छ ।

साउन १ देखि वडा नं। २, ७ र ९ मा डिजिटल निस्सा प्रदानको काम जारी रहेको नगरपालिकाले जनाएको छ । साउनको ५ गते देखि बाँकी रहेका वडा नं। १, ३ र ४ मा डिजिटल निस्सा प्रदान गर्ने नगरपालिकाका मेयर चक्रपाणी अर्यालले जानकारी दिनु भयो । नापी नक्साका लागि नगरपालिकाका विभिन्न २२ स्थानमा नियन्त्रण विन्दु राखिएको छ ।

नगरपालिकामा ६ सय १८ परिवार भूमिहिन दलित, २ हजार ९ सय ४१ परिवार भूमिहिन सुकुम्बासी र ६ हजार १ सय ७४ परिवार गरि जम्मा ९ हजार ७ सय ३३ परिवारलाई डिजिटल निस्सा प्रदान गरिने भूमि इकाई कार्यालय बाणगंगाका प्रमुख खिम बहादुर जिसीले बताउनु भयो ।

१० पालिका रहेको कपिलवस्तुमा भूमि आयोगले निरन्तर ताकेता गरेपछि स्थानीय तहले भूमिहिनलाई जग्गा दिलाउनका लागि काम सुरु गरेका हुन् । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले यो पालि जग्गाधनी पूर्जा पाउने आशा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय