२०७९ श्रावण ३, मंगलवार १७:४२

रुपन्देही, ३ श्रावण । ले गत आर्थिक वर्षमा ७५ दशमलव ७५ प्रतिशत प्रगती हासिल गरेको छ । कार्यालयले आर्थिक बर्ष ०७८÷७९ मा रुपन्देहीमा संचालित जलउत्पन्न प्रकोप नियन्त्रण र सिंचाई बिकासका लागि कुल बिनियोजित बजेट ३१ करोड ८० लाख मध्ये २३ करोड ५८ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

जिल्लाभर कुल ८३ वटा योजनाका लागि संघको सशर्त अनुदानतर्फ १४ करोड ८० लाख र समानिकरण अनुदान तर्फ १६ करोड ३३ लाख बजेट बिनियोजित गरिएको कार्यालयले जनाएको छ । आर्थिक बर्ष ०७८÷७९ मा सम्पन्न योजनाहरुको संक्षिप्त बिवरणसहित बार्षिक प्रगती प्रतिबेदन सार्वजनिक गर्दै कार्यालय प्रमुख बिष्णुप्रसाद पौडेलले बिभिन्न समस्या र चुनौतीहरुको सामना गर्दै सन्तोषजनक प्रगती हासिल भएको बताउनु भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईले कृषि र सिंचाईं समस्याहरुको समाधानका लागि स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारसँग समन्वय र सहकार्य गरेर ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोडदिनु भएको छ । सैनामैना नगरपालीका प्रमुख फणिन्द्र शर्माले स्थानियको माग अनुसार योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । १६÷३६ सिंचाईं प्रणालीका अध्यक्ष यज्ञ गैरेले सिंचाई र कृषिको बिकासका लागि जनताको माग र आवश्यक्ता बमोजिम कार्यक्रम बनाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय