२०७९ श्रावण ४, बुधबार १२:१४

कपिलवस्तु- राष्ट्रिय भूमि आयोग कपिलवस्तुले कपिलवस्तुमा कामलाई तिव्रता दिएको छ । जिल्लाका १० पालिका रहेको कपिलवस्तुमा भूमि आयोगले निरन्तर ताकेता गरेपछि स्थानीय तहले भूमिहिनलाई जग्गा दिलाउनका लागि काम सुरु गरेका छन् ।

यसैक्रममा बाणगंगा नगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई डिजिटल निस्सा प्रदान गर्न थालेको छ । नगरपालिकाले पहिलो चरणमा असार २८ देखि अभियान सुरु गरेर वडा नम्बर ५, ६ र १० मा डिजिटल निस्सा प्रदान गरिसकेको छ ।
साउन १ देखि वडा नं. २, ७ र ९ मा डिजिटल निस्सा प्रदानको काम जारी रहेको नगरपालिकाले जनाएको छ । साउनको ५ गते देखि बाँकी रहेका वडा नं. १, ३ र ४ मा डिजिटल निस्सा प्रदान गर्ने नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले जनाए ।

नापी नक्साका लागि नगरपालिकाका विभिन्न २२ स्थानमा नियन्त्रण विन्दु राखिएको छ । नगरपालिकामा ६ सय १८ परिवार भूमिहिन दलित, २ हजार ९ सय ४१ परिवार भूमिहिन सुकुम्बासी र ६ हजार १ सय ७४ परिवार गरि जम्मा ९ हजार ७ सय ३३ परिवारलाई डिजिटल निस्सा प्रदान गरिने भूमि इकाई कार्यालय बाणगंगाका प्रमुख खिम बहादुर जिसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय